कुमारी बैंकद्वारा मृतकका परिवारलाई बीमा रकम भुक्तानी

लोकपथ
91
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । 

भरतपुर महानगरपालिका–२ चितवन निवासी खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमा बापतको १० लाख रकम बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको हो । सानिमा जिआईसि इन्स्योरेनस लि.बाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंक मार्फत सो रकम भुक्तानी गरिएको हो ।   

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका ४ जना सदस्यहरुले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?