काठमाडौंबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या, सबै यात्रुलाई ओरालियो

लोकपथ
385
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि सबै यात्रुलाई ओरालिएको छ । यात्रुलाई ट्याक्सी वे ‘इको’मा रोकेर ओरालिएको हो ।

जहाज बिहान साढे ७ बजे उड्ने तालिका रहेपनि ७ः५० बजे पार्किङस्थलबाट धावनमार्गतर्फ लागेको थियो । बुद्ध एयरको नाइन एन–एआईटी जहाजको समस्याका कारण अन्य जहाजको उडान पनि प्रभावित बनेको छ ।

अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिलाइ भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको जानकारी दिए ।

प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे’ मा ओरालिएका यात्रुहरूलाई बुद्धकै अर्को जहाजमा पठाउन लागिएको प्रवक्ता शेर्पाले जानकारी दिए ।

सो जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन् । जहाज पार्किङबाट मुख्य धावनमार्गतर्फ छिर्ने बाटोलाई ट्याक्सी वे भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?