काठमाडौं । प्रहरीले ललितपुरको सौगलबाट नक्कली नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भई भक्तपुर बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् ।
उनको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले पक्राउ परेका रोक्काले सौगलमा कोठा भाडामा लिएर नक्कली नोट बनाउने गरेको अनुसन्धानबाट खुलेको बताए । उनको डेराबाट नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि बरामद भएको एसपी सुवेदीले जानकारी दिए ।
आरोपी रोक्काविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया