बिलबिजक नभएका झन्डै ७ लाख रुपैयाँबराबरका सामान प्रहरी नियन्त्रणमा

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं ।  नेपाल प्रहरीले ६ लाख ९६ हजार ५ सय रुपैयाँबराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ ।  ।

काठमाडौं उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिना कागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त सामाग्री नियन्त्रणमा लिएको   हाे। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार कलंकी–नागढुंगा मूल सडक खण्डमा विभिन्न सवारीसाधनलाई जाँच गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामाग्री फेला पारी नियन्त्रणमा लिइएको हो । 

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंमा बुझाइएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

बरामद गरिएका सामानमा आईफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल २८ थान, काजु २६ बाल्टिन रहेका छन् ।

यसैगरी खाने बदाम एक प्याक, रोलको कपडा भएको बोरा चार थान, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान तथा फेन्सी कपडा भएको बोरा पाँच थान   रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?