‘कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

लोकपथ
49
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ (आफा) को क्षेत्रीय कार्यशाला तथा ११औँ साधारणसभामा बोल्दै मन्त्री अधिकारीले किसानको प्रतिनिधित्व गर्ने किसानहरुले, कृषकका मर्म बुझेर आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुहुने किसानहरुले, कृषकका मर्म बुझेर आवश्यक पहल गर्ने बेला भएको छ ।’

उनले भने, ‘जबसम्म किसानको उन्नति हुन्न, तबसम्म देशको प्रगति हुन सक्दैन कृषक र विकास एक आपसमा जोडिएको हुन्छ । हामी यहाँका उत्पादनहरू अन्यत्र लान्छौँ, अन्यत्रका यहाँ ल्याउँछौँ । अहिले नेपाल सरकारले जनतालाई आधारभूत रुपमा खाद्य सम्प्रभुता अथवा खाद्य अधिकारको ग्यारेन्टी गरेको छ । संविधानमा उल्लेख नियमहरूको कार्यान्वयनको निम्ति काम गरिरहेको छ । सरकारले नेपालमा रहेका भूमिहीन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?