‘विश्व बैंकले काठमाडौं उपत्यकासँग सहकार्य गरे राम्रो सन्देश जान्छ’

लोकपथ
42
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ ।

सहरी विकास मन्त्रालयमा सोमबार बिहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो ।

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । ‘विश्व बैंकले काठमाडौं उपत्यकामा पनि यस पटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

काठमाडौं उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक सहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि मन्त्री सिंहले जोड दिए । सो क्रममा विश्व बैंककी नेपाल, मालदिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रीति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?