सहकारी ठगी प्रकरण : छानबिन समितिले संसद्मा पेस गर्‍यो प्रतिवेदन

लोकपथ
119
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

उनले आफूहरुले गत साउन २३ गतेबाट काम सुरु गरि गएराति काम सम्पन्न गरेको बताए । ५६ वटा बैठक बसेर विभिन्न क्षेत्रका ४५१ व्यक्तिहरुसँग छलफल गरी राय माग गरेको सभालाई जानकारी गराए ।

त्यस्तै उनले विभिन्न १४ वटा बैठकहरुमा ४७ जनासँग सोधपुछ गरेको बताए । गोरखा मिडिया नेटवर्कमा सम्मिलित फरार बाहेकका विभिन्न ५५ जना व्यक्तिहरुसँग सोधपुछ गरेर तथ्य प्रतिवेदनमा उल्लेख गरिएको थापाले जानकारी दिए ।

त्यस्तै विभिन्न ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको, समस्याबाट गुज्रिनुका कारण र समस्या समाधानका उपायहरुबारे छलफल गरेको समेत बताए ।

छानबिनका क्रममा नेपालमा फेक ऋणी खडा गरेर कानुन विपरितका कामहरु धेरै भएका कारणले सहकारी क्षेत्र समस्यामा परेको समेत बताए ।

तत्कालीन प्रमुख प्रतिपक्षी दल –हालको सत्तापक्ष) नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध गरेपछि गत जेठ १५ गते थापाको नेतृत्वमा ७ सदस्यीय समिति बनाइएको थियो । उक्त समितिलाई ३ महिनाको समय दिइएकोमा भदौ २२ गते १५ दिनको समय थप गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?