सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

लोकपथ
322
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरूपयोग छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

समितिका सभापति सूर्य थापाले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेलगत्तै सभामुख घिमिरेले कार्यार्थ सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।’

प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकद्वारा गठित समितिले तीन महिनाको समयावधि पाएकोमा १५ दिन थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?