जनकपुरधाम । मधेस प्रदेशको चार जिल्लामा आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्ममा धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निर्माण गर्ने लक्ष्य थियो ।
यस क्रममा साना तथा ठूला गरी ५१ वटा पक्की पुल निर्माण गरिएका छन् । हुलाकी सडक निर्माण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया