राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

लोकपथ
49
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैर आवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदूत एल्चिन हुसेन्ली, गणतन्त्र कोलम्बियाकागैरआवसीय राजदूत, भिक्टर इचेभेरी जरामिलो, नेदरल्याण्डका गैरआवसीय राजदूत मारी लुइसा जेरार्ड्स र गणतन्त्र इस्टोनियाका गैरआवसीय राजदूत  मार्जे लुपले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार समेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?