सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई कारबाही गर्न समितिको सिफारिस (पूर्णपाठ)

लोकपथ
182
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।

समितिले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राईर सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित ढंगले गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि मउक्त रकम खर्च गर्ने गराउने प्रक्रियामा रहेको व्यक्तिहरु जिम्मेवार हुने भन्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

गत जेठ १५ गते बनेको समितिले आज संसद्लाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सहकारी समस्या समाधानका लागि विभिन्न सुझावहरु र कारबाहीका लागि सिफारिस समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?