काभा महिला भलिबल : नेपालले श्रीलंकालाई हरायो

लोकपथ
686
Shares

काठमाडौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलंका एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मालदिभ्सको राजधानी मालेमा आज भएको खेलमा पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो । पुलिसले श्रीलंका एयर फोर्समाथि पहिलो सेट २५-१६ ले जित्यो भने खेलको दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो । त्यसैगरी, खेलको तेस्रो तथा अन्तिम सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि हिजो भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।  

उक्त प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा पुलिसले भोलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ । गत चैतमा भएको महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । पुलिस लिग विजेताको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा खेल्न मालदिभ्स पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?