तनहुँ । तनहुँमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
व्यास नगरपालिका–७ कलेस्ती घर भई सोही नगरपालिका–३ सिर्जनाटोल बस्ने ४० वर्षीय लाल प्रसाद प्रधानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत चितवनको २०७७ चैत ३० गतेको फैसलाले उक्त मुद्दामा ११ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया