छानबिन समितिले रविलाई कारबाहीको सिफारिस गरेकोबारे मुकुल ढकाल खुसी

लोकपथ
637
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले रास्वपा सभापति रवि लामिछाने लगायतका गोरखा मिडिया नेटवर्कका अध्यक्षदेखि सञ्चालकसम्मलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

आज समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा लामिछानेलाई कारबाहीको सिफारिस गरेकोप्रति रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले खुसी व्यक्त गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै छानबिन समितिले दोषी किटान गरेपछि जेल जाने भन्दै रवि माथि नै कटाक्ष गरेका हुन् ।

पार्टीको हित विपरित काम गरेको लगायत आरोपमा रास्वपाले. उनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । त्यससँगै उनी रास्वपा र सभापति लामिछानेप्रति कटाक्ष गरिरहेका छन् ।

मुकुलले सामाजिक सञ्जालमा लेखेका छन् ः

जेल जाने पक्का पक्की भएपछी लाज शरम केहिको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएछन् । उनीलाई आफूँ बाहेक अरू कसैको केहि मतलव छैन भन्ने कुरा फेरी पुष्टी भएको छ । यिनी आफूँ जेल जाने निश्चित भयो , छानविन समितिले नामै किटान गरेर दोषि भनिसक्यो, कारवाहि सिफारिस गरिसक्यो । कम्तिमा आफैँ पढ्ने आँट गर्नुहोस् , यी स्वार्थिले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस पुर्याउनु ।
सहकारी ऐन २०७४ को दफा १२२ को ९त० बमोजिम ‘सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर गरेको मानिने उल्लेख छ । ऐनको दफा १२४ को उपदफा ९१० ९घ० बमोजिम १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैद’ हुने व्यवस्था छ। रवि लामिछानेको हकमा यी दफा लागू हुन्छ ।
प्रतिवेदन लेखनका क्रममा यी दफा नै तोक्ने भन्दा , प्रचलित कानुन भन्ने शब्दले रिप्लेस मात्र गरेको हो । कुरो त्यति मात्र हो ।
माथिको कारवाहि बाहेक पनि , कर छलि, कागजात किर्ते लगायतमा पनि दोषि देखिएकाले त्यसमा थप कारवाहि हुनेछ ।
भ्रममा नपर्नुहोस् । पढ्ने बानी बसाल्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?