काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो ।
सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो । क्यानडाका कप्तान निकोलशकिर्तनले ४४ बलमा ७३ रनको आक्रामकपारि खेलेका थिए । नटआउट रहेकाउनले ६ छक्का र ३ चौका प्रहार गरे ।
यसैगरी नभनितधालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे ।
यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए । नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई दुई विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए । २५४ रनको लक्ष्यसहित मैदानउत्रिएको नेपाली टिमको ब्याटिङ अर्ड ध्वस्तहुँदा ४०.१ ओभरमा सवै विकेट गुमाएर १५० रनमा समेटियो ।
नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए । यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे । गुलसनझाले १५ रन बनाउँदाकुशलमल्लको ब्याटबाट १२ रन बन्यो ।
ओपनर कुशलभुर्तेल १ रनमा आउट हुँदाकप्तान रोहितपौडेलले ५ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खातानखोली नटआउट रहे । नेपालको ब्याटिङ ध्वस्तबनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । यस्तै, अखिलकुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए ।
विश्वकप छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जितपछि क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ । यता नेपाल भने ५ खेल खेल्दा४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया