काठमाडौं । भोटेकोशी नदीमा बोलेरो जीपसहित बेपत्ता भएका चालकको शव चार दिनपछि फेला परेको छ ।
भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जीप भोटेकोशीमा खस्दा गाडीका चालक भोटेकोशी गाउँपालिका–५ का ३५ वर्षीय सानु तामाङ बेपत्ता भएका थिए ।
उनको शव सशस्त्र प्रहरीको गोताखोरसहित ९ जनाको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालेको थियो । तामाङको शव उनका छोराले सनाखत गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ । सो घटनामा परेकी एक महिलाको शव भने भोलिपल्टै घटनास्थलबाट दुई सय मिटरको दूरीमा भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया