काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका–११ घर भई हाल काठमाडौं सुन्धारा बस्ने ४१ वर्षीय धिरबहादुर शाही रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
शाही विरुद्ध जिल्ला अदालत कालिकोटबाट २०८१ जेठ २८ गते पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आर्चायले बताएका छन् ।
पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोट पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया