गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त  

लोकपथ
49
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई मंगलबारदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।

विगत २ वर्षदेखि सो बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत चार्टर एकाउन्टेन्ट  रेग्मीले २०८० चैत्र १५ गतेदेखि बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ । 

साथै बैंकिङ क्षेत्रमा प्रवेश गर्नु पूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेसामा आवद्ध रहनु भएका रेग्मीसँग बैंकिङलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभवसमेत रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?