तरकारीमा विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

लोकपथ
35
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।

काठमाडौंको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरू पूरा हुन नसक्ने बताए ।

आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए ।

तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको बताए । विषादी न्यूनीकरणका लागि किसानलाई मन्त्री अधिकारीले आग्रह समेत गरे । किसान र सम्बन्धित निकायबीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले खाडल पुर्न आफू लागेको मन्त्री अधिकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?