काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नामसहित तस्बिर प्रिन्टेड टिसर्ट लगायत युवायुवतीहरुलाई प्रहरीले हटाएको छ ।
केही युवायुवतीहरु बालेनको तस्बिर भएको टिसर्ट लगाएर वसन्तपुर क्षेत्रमा इन्द्रजात्रा हेर्न पुगेका थिए ।
सो क्रममा प्रहरीले इन्द्रजात्रा बिथोल्न आएको भन्दै उनीहरुलाई त्यहाँबाट हटाएको हो ।
सो क्रममा केही स्थानीयसँग समेत विवाद परेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको हो ।
इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रमा विशेष कार्यक्रम आयोजना गर्दै आइरहेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरुलाई बोलाइन्छ । तर यो वर्ष भने इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाका मेयर बालेन भने उपस्थित छैनन् । उनी केही दिनअघिदेखि नै भारतमा रहेका छन् । आफ्नो व्यक्तिगत काम रहेको भन्दै मेयर बालेन भारत रहेका हुन् ।
वसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु सहभागि हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया