काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्षको पहिलो महिनामै ९ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वाणिज्य बैंक नाफा ९ अर्ब १७ करोड ६० लाख रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरुले यो साउन एक महिनामा कमाएको नाफा गत वर्षको साउनको भन्दा बढी हो । गत वर्षको यसै अवधिमा बैंकहरुले ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बढी नाफा कमाएका थिए ।
यो वर्षको साउनमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । यो बैंकको नाफा ८९ करोड २० लाख रुपैयाँ रहेको छ । दोस्रो बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले ८० करोड बढी नाफा गरेको छ । यसैगरी, कृषि विकास बैंकले ७१ करोड २० लाख रुपैयाँ
हिमालयन बैंकले ५८ करोड ८० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख रुपैयाँ, कुमारी बैंकले ५० करोड ३० लाख रुपैयाँ र एभरेष्ट बैंकले ४२ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, प्राइम कमर्सियल बैंकले ५० करोड ५० लाख रुपैयाँ, एनएमबी बैंकले ४२ करोड ७० लाख रुपैयाँ, प्रभु बैंकले ५३ करोड ८० रुपैयाँ र सानिमा बैंकले ३८ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यसैगरी, नेपाल बैंकले २२ करोड ३० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड, स्ट्याण्डर्ड चार्टड बैंकले ३१ करोड १० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३३ करोड ३० लाख रुपैयाँ, एनआईशी एशियाले २६ करोड ६० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २० करोड २० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३० लाख रुपैयाँ, सिद्धार्थले ३४ करोड ८० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकले ३४ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया