सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाउने व्यक्ति पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेल रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पटेललाई प्रतिमाचोक नजिकबाट मंगलबार पक्राउ गरेको हो । 

पटेलले फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आइडी मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्द्व सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ ।   

प्रहरीले उनीमाथि सार्वजनिक शान्ति विरूद्धको कसुरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूकोसमेत खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?