काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासले गरेका गल्तीहरू अझै पनि समाधान गर्न नसकिएको बताएका छन् ।
मंगलबार पार्टी कार्यलयमा आयोजित नेपाली कांग्रेसद्वारा ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जातजातिले बनेको देश नेपालमा अझै पनि विभाजन रहेको भन्दै उनले कतिपय कुराहरू कानुनी रुपमा समाधान भएतापनि अझै पनि व्यवहारमा भने लागू हुन नसकेको बताए ।
उनले भने,‘एउटा कुरा स्पष्ट छ । नेपाल विभिन्न जातजातिले बनेको देश हो यो । तर अझै पनि विभाजन छ । इतिहासले गरेका गल्तीहरू अझै पनि समाधान गर्न सकिएको छैन । त्यसैले छुवाछुतलगायत जस्ता कतिपय कुराहरू अझै पनि कानुनी रुपमा समाधान भएतापनि व्यवहारमा भने लागू भएको छैन ।’
उनले प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनै पनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिबद्धता जनाए । प्रजातन्त्र अझ कसरी मझबुद बनाएर अगाडि बढाउने र जनताकाप्रति अझ बढी जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ ।
सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनै पनि हालतमा नहट्ने स्पष्ट पारे ।
उनले सधैँ प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक रहेको धारणा राखे ।
उनेले भने,‘प्रदेश संरचना बनिसकेको छ । त्यसैले प्रदेश हट्ने कुरा चाहिँ छैन । यसलाई हटाउन सकिने स्थिति पनि छैन । प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो । सधैँ कति समानुपातिकबाट ल्याउने ? त्यो समस्या चाहिँ छ । समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ । जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया