एभरेष्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ ।

‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको थियो । पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी मंगलबार सुर्खेतस्थित नमस्ते नेपाल हलमा अनावरण गरिएको थियो ।

‘ट्रफी अनावरण’ समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यसैगरी, भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा कर्णाली प्रदेश भलिबल संघको अध्यक्ष, भलिबल संघको केन्द्रिय सचिव, सदस्य, प्रशिक्षक, खेलाडी मिना सुनुवार, लगायत खेलाडी, विद्यार्थीहरु तथा भलिबल प्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

‘अब पालो महिलाको’ स्लोगनसहित सुरु भएको एभरेस्ट वुमन्स भलिबल लिगुको ‘कर्णाली यश्विज’लाई रमेश कर्पोरेसनले हेर्दै आईरहेको छ । रमेश कर्पोरेसनले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ ‘कर्णाली यश्विज’ टिमलाई स्वामित्व गरेको हो ।

कर्णालीमै ट्रफीको अनावरण हुनुले खेलाडी र कर्णालीमा रहेका भलिबल प्रेमीहरुमा थप उर्जा थपेको ‘कर्णाली यश्विज’को अध्यक्ष सुशिल गुप्ताको भनाइ छ । ‘कर्णाली यश्विज’ टिमप्रति विदेशी खेलाडीहरुको समेत आकर्षन बढ्दै गएको र भलिबल खेल्ने कुरा भईरहेको गुप्ता बताउँछन् ।

‘एभरेष्ट वुमन भलिबल लिग’ भने काठ्माडौँमा हुनेछ । यहीँ असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने लिगमा ६ टोलीको सहभागिता रहनेछ ।

कर्णाली भलिबल महिला टोलीको प्रमुख प्रशिक्षकमा कुमार राई छन् । उनी न्यु डाइमन्ड युथ स्पोट्स क्लबु को प्रमुख अध्यक्ष समेत थिए। महिला भलिबलको उत्थानका लागी उनको ठुलो योगदान छ । उनको प्रशिक्षनमा कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?