कोशीका मुख्यमन्त्री कार्कीले आज  विश्वासको मत लिँदै 

लोकपथ
84
Shares

काठमाडौं । कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । 

एमाले कांग्रेसको नयाँ गठबन्धन बनेकाले माओवादी सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका कार्कीले तेस्रो कार्यकालमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले १४ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ गठबन्धन बनेको अढाई महिनापछि कांग्रेस सरकारमा सहभागी भएको छ । शुक्रबार तीन जना विभागीय र एक जना राज्यमन्त्रीसहित कांग्रेस कोशी सरकारमा सहभागी भएको थियो ।

कोशीमा एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक सांसद छन् । ९३ सदस्यीय रहेको कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?