सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
294
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

यसअघि मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सयले गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५६ हजार ७ सय रहेको थियो । आज मूल्य गिरावट आइ १ लाख ५६ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्यमा आज १५ रुपैयाँले गिरावट आएको छ । हिजो प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ५ रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ८ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?