१९ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

लोकपथ
133
Shares

काठमाडाैं । प्युठानमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी रहेका छन् ।

योगीले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?