काठमाडौं । ‘मिस्टर काठमाडौं’ को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण निधन भएको छ
।
मोरङको बेलबारी घर भएका ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी अस्पताल पु-याइएको थियो । उनको निधनपछि राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् । राईले पाँच दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’ को उपाधि जितेका थिए ।
प्रकाश ७५ केजीमाथि तौल समूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि १ लाख ५० हजार र आफ्नो प्रतिस्पर्धामा पहिलो भएवापत छुट्टै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया