संविधान संशोधन सबैको साझा बहसको विषय बन्यो : खिलराज रेग्मी

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवस–२०८१ को पूर्वसन्ध्यामा दिएका शुभकामना सन्देशमा पूर्वअध्यक्ष रेग्मीले परिणाममुखी कामले मात्र जन आकांक्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढ्न सुझाव दिए ।

‘स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको संवर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो । हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनुपर्दछ’, उनले भने।

लामो सर्घष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले वीर सहिदको बलिदान, घाइते, अपाङ्गहरूको सर्घषपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घचघच्याइ रहेको स्पष्ट पारे । संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको पनि उनले उल्लेख गरे ।

उनले भने, ‘अब अल्मलिने र अलमल्याउने छुट कसैलाई छैन । आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरूक र सचेत भइसकेका छन् ।’ उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्त्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिए ।

रेग्मीले आज संविधान संशोधनको विषय एजेन्डाका रूपमा सरकार पक्षबाट उठाइरहेकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?