सरकारको न्यूनतम साझा कार्यक्रम आज आउँदै

लोकपथ
112
Shares


काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज बुधबार सार्वजनिक गर्ने भएको छ ।

सरकार गठन भएको दुई महिनापछि कांग्रेस– एमालेसहितको सत्ता गठबन्धनले आज साँझ न्यूनतम साझा कार्यक्रम गठन गर्न लागेको हो ।

साझा कार्यक्रम तयार गर्ने मस्यौदा कार्यदलका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार, आज साँझ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नेगरी काम भइरहेको छ ।

शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौैंको मुलपानीमा आयोजित कार्यक्रममा उनले न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्ने बताए । उनले आगामी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?