०८४ मा पार्टीलाई निर्णायक शक्ति बनाउन यस्तो छ एमालेको योजना (पूर्णपाठ)

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेले आफ्नो दललाई आगामी निर्वाचनमा राष्ट्रको निर्णायक शक्ति बनाउनका लागि एक वर्षको कार्ययोजना सार्वजनिक गरेको छ ।

पार्टीको ३४औँ सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन गरिएको र कार्यविभाजनलाई उदेश्य केन्द्रीत बनाउनका लागि वार्षिक कार्ययोजना तयार गरिएको पार्टी महासचिव शंकर पोखरेलले बताए ।

जस अन्तर्गत विभिन्न पार्टीबाट आएका, लामो अनुभव भएका तथा काम गर्ने क्षमता भएकाहरुलाई जिम्मेवारी दिएर काम परीक्षण गर्ने नीति एमालेको रहेको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्नका लागि रानजीतिक ध्रुवीकरणलाई अभियानका रुपमा अघि बढाउन प्रवेश गर्नेहरुको व्यवस्थापनमा जोड दिनुपर्दछ । अर्कोतिर लामो राजनीतिक अनुभव भएका र काम गर्ने क्षमता समेत भएका अगुवा कार्यकर्ताहरुलाई जिम्मेवारीविहीन अवस्थामा राख्दा त्यसले पार्टी काम र अभियानमा समेत नकारात्मक असर पुर्याउने सम्भावना रहन्छ । प्रत्येक पार्टी सदस्यहरुलाई कुनै न कुनै तहको पार्टी कमिटीमा संगठित हुन पाउने अधिकारलाई समेत ध्यानमा राखेर कार्यकर्ताको व्यवस्थापनको कामलाई प्राथमिकता दिनुपर्दछ,’ महासचिव पोरखेलद्वारा जारी वार्षिक कार्ययोजनामा भनिएको छ ।

पार्टी पंक्तिलाई वैचारिक राजनीतिक प्रशिक्षणको कामलाई व्यवस्थित गर्नका लागि केन्द्रीय स्कुल विभागले पाठ्यक्रम, पाठ्यपुस्तक र प्रशिक्षकहरु तयार गर्ने काम गरिरहेको बताइएको छ । साथै केन्द्रीय पार्टी स्कुलको योजना र व्यवस्थापनमा काठमाडौंमा स्थायी स्कुल सञ्चालन गर्ने साथै वैचारिक र राजनीतिक रुपमा प्रशिषित दक्ष कार्यकर्ता पंक्तिको विकास गर्ने कुरामा जोड दिने कुरा उल्लेख गरिएको छ ।

आगामी ०८४ सालको निर्वाचनमा राष्ट्रिय शक्ति बनाउने संकल्प लिएको एमालेले २०६ स्थानीय तहमा भएको सरकारको कामलाई प्रभावकारी बनाउने नीति लिएको छ । केन्द्रमा कांग्रेससँगको सहकार्यमा एमाले नेतृत्वको सरकार रहेको बताउँदै स्थानीय तहको कामको प्रभावकारीता बढाउनका लागि विभिन्न नीतिहरु लिएर अघि बढ्ने संकल्प एमालेले गरेको छ ।

यस्तो छ पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?