महोत्तरी । बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्प दंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरी डाँडामा सर्प दंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार ९ सय ४८ जनाले सेवा लिएका हुन् ।
केन्द्रले विसं २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको हो । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जनाले सेवा लिएका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए ।
उनका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन् । केन्द्रमा स्थापना भएदेखि उपचारमा नेपाली सेनाका छ जना दक्ष जनशक्ति खट्दै आएको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया