हेजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, २८०० घाइते

लोकपथ
119
Shares

बेरुत । लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एक आपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् ।  उक्त विस्फोटबाट क्षति बेहोरेको आतंकवादी समूहले इजरायललाई आक्रमणको दोषी ठहराएको छ । 

इजरायली आक्रमणमा प्रमुख कमाण्डर गुमाएपछि हेजबुल्लाहले आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्ता व्यक्त गरेको थियो । मंगलबार दिउँसो तीन बजे हेजबुल्लाह सदस्यहरूले बोकेका सयौँ पेजर सञ्चार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए । 

हेजबुल्लाहले घटना लगतै  इजरायललाई दोष लगाएता पनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।  लेबनानका केही अस्पतालहरूमा हताहतको संख्या बढेको स्रोतले जनाएको छ ।

इजरायलले लेबनानसँगको उत्तरी मोर्चालाई सुरक्षित गर्न प्यालेस्टिनी उग्रवादी समूह हमाससँगको युद्धमा आफ्नो लक्ष्य विस्तार गरिरहेको मंगलबार मंलबार घोषणा गरेको थियो । अक्टोबरको आक्रमणपछि इजरायलले प्यालेस्टिनी उग्रवादीले लिएका बन्धकलाई घर ल्याउने र हमासलाई दमन गर्ने वाचा गरेको थियो ।  

अक्टोबरदेखि हेजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरेको छ । औपचारिक रूपमा युद्धको घोषणा नगरिएता पनि लेबनान मोर्चामा भएको झडपले अधिकांश लडाकु र सैन्य कर्मचारी सहित सयौँको ज्यान लिएको लिएको छ ।   हेजबुल्लाहको नजिकको स्रोतका अनुसार विस्फोट भएका पेजहरू हेजबुल्लाहले भर्खरै आयात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?