शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार पनि घट्यो

लोकपथ
56
Shares

काठमाडौं । साताको चौथो कारोबार दिन पनि धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ ।

आज ४ अंकले शेयर बजारमा गिरावट आएको नेप्सेले जनाएको छ ।

त्यसो त यसअघि आइतबार ५० अंक, सोमबार ५७ अंकले बजार घट्दा मंगलबार भने सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन । आज शून्य दशमलव १५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ५ सय ७६ दशमलव ७६ बिन्दुमा आइपुगेको छ ।

त्यस्तै आज कारोबार रकम पनि खुम्चिएको छ । आज कुल ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १ करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता शेयर कारोबार हुँदा ७४ कम्पनीको शेयर मूल्य बढेको छ । साथै १६३ कम्पनीको शेयर घट्दा ७ कम्पनीको शेयरमूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

त्यस्तै आज कालिका लघुवित्त, स्वरोजगार लघुवित्त, रावा इनर्जी, भूगोल इनर्जी, सुपर माइ लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् । तर जनउत्थान सामुदायिक लघुवित्त, गुढवील फाइनान्स, आत्मनिर्भर लघुवित्त, समृद्धि फाइनान्स र समाज लघुवित्त लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?