भोलिबाट धरहरा चढ्न पाइने

लोकपथ
42
Shares

काठमाडौं । सुन्धरास्थित धरहरा असोज ३ गते बिहीबार (भोलि)देखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

उद्घाटन भएको लामो समयपछि धरहरा खुला गर्न लागिएको हो ।

हालसम्म ९५ प्रतिशत मात्रै काम सकिएको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो ।

०७२ सालमा भूकम्पले भत्काएपछि पुनः पुरानै शैलीमा धरहरा निर्माण गरिएको छ । बाहिरबाट हेर्दा ११ तला देखिएपनि भित्रि डिजाइन भने २२ तलाको रहेको छ ।

यसअघि प्रधानमन्त्री बनेका बेला २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । काम नै नसकी धरहराको उद्घाटन भए पनि अहिलेसम्म खुला गरिएको छैन ।

पहिले भन्दा धेरै व्यवस्थित र सुविधासम्पन्न बनाइएको छ । तीन तला अन्डरग्राउण्ड पार्किङको समेत व्यवस्थापन गरिएको छ । साथै केही समय निशुल्क चढ्न पाउने व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?