नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

लोकपथ
49
Shares

नुवाकोट ।  नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा नुवाकोटले नुवाकोट र रसुवाका सातसय भन्दा बढी बिरमीलाई निःशुल्क रगत उपलब्ध गराएको छ ।

रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई आवश्यक परिणामको रगत निःशुल्क उपलब्ध गराउने सम्झौता अनुसार हालसम्म सात सय ८० जना बिरामीले सेवाको लाभ लिएका हुन् । 

विसं २०८० साउन १ गतेदेखि सुरु भएको निःशुल्क सेवाको लागि दुई जिल्ला र पालिकाको सहयोगले सेवा उपलब्ध गराउँदै आएको रेडक्रस नुवाकोट शाखाले जनाएको छ  ।

 नुवाकोट रेडक्रसले संकलन गरेको रगत दुई जिल्लालाई पर्याप्त भएपछि भक्तपुर रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार केन्द्रमा समेत पठाउने गरिएको छ । नुवाकोटमा विसं २०७१ फागुन २५ मा स्थापना भएको रक्तसञ्चार केन्द्रमा हालसम्म ६ हजार ३ सय २७ दाताले रक्तदान गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?