एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न    

लोकपथ
42
Shares

काठमाडाैं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलापूर्वक सम्पन्न गरेको छ । ‘नेपालमा प्राइभेट  इक्विटी लगानीको परिदृश्य’ विषयमा केन्द्रित भएर क्यापिटलले हिल्टन काठमाडौंमा ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न गरेको हो ।   

उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरू लगायत अन्य सरोकारवाला एंव निर्णायक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।     

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई, आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत पार्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई प्रस्ट पारेका थिए ।  

क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइएमबि एस इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ र फिक्कल टी एन्ड कफी जस्ता कम्पनीहरूमा गरेको लगानीको सफलताका बारेमा जानकारी दिएका थिए । 

यी छलफलहरूले भ्यालु क्रियसन, प्राइभेट इक्विटीमार्फत वृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघि बढाउने एनआइएमबि एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको थियो । 

एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्साएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?