रवि लामिछानेजीले सहकारी ठगेको कुरा पत्याएकै थिइन् : सभापति देउवा

लोकपथ
644
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन भूमिका खेलेको भन्दै महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा कांग्रेसको विशेष अभियानको शुभारम्भ गर्दै रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएको कुरा आफूलाई पत्यार नै नलागेको बताए ।

महामन्त्री थापाले धेरै अध्ययन गरेर बोलेको भन्दै उनको प्रशंसा समेत गरे । साथै आफूले सहकारी ठगीको विषयमा रवि लामिछाने मुछिने कुरा प्रत्यार नै नलागेको बताए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले त पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर,’ सभापति देउवाले भने ।

त्यस्तै सभापति देउवाले विशेष अभियानका प्रतिनिधिहरुलाई गाउँगाउँमा गएर कार्यकर्ताको मनोभावना बुझेर आउन आग्रह गरे । साथै ठुलो पार्टीमा झगडा हुने बताउँदै सानातिना झगडाको विषयलाई ठुलो नबनाउन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?