दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
371
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको हो ।

साइबर ब्यूरोले प्रसाइँसहित ३ जनाविरुद्ध पक्राउ गर्न अनुमति मागेको थियो ।

जसमा बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहाल रहेका छन् ।

उनीमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा पक्राउको अनुमति मागिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन उल्लंघन गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

श्रेस्तेदार शर्माका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?