कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

लोकपथ
147
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको हो भने उनको विपक्षमा १५ मत परेको छ ।

नेकपा एकीकृत समाजवादी मतदान प्रक्रियामा नै सहभागि भएन । आजको प्रदेश सभा बैठकमा कुल ८३ जना प्रदेश सभा सदस्यहरुको उपस्थिती रहेको थियो ।

उनको दल नेकपा एमाले र नेपाली कांग्रेसले मात्रै उनको पक्षमा मतदान गरेका हुन् । नेकपा माओवादी केन्द्र र राप्रपाले भने विपक्षमा मतदान गरेका हुन् । साथै जनता समाजवादी पार्टीकी एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बू आजको बैठकमा उपस्थित थिइनन् ।

प्रदेशसभामा एमालेबाट उपसभामुख बाहेक ३९ र कांग्रेसका २९ सांसद छन् । दुई पार्टीको सांसद सङ्ख्या ६८ जनाको छ । यद्यपि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सत्ता पक्षकै २ सांसद अनुपस्थित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?