‘ठुला दुई दल देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएका हौँ’

लोकपथ
84
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले, ठुला दुई दल राजनीतिक स्वार्थको लागि नभएर देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएको बताएका छन् । 

बुधबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा आयोजित ‘संविधान र संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न ठुला दुई दल एक भएको भन्दै यसलाई राजनीतिक स्वार्थको रूपमा नलिन आग्रह गरे ।  

उनले भने, ‘नेकपा एमाले र कांग्रेस एक ठाउँमा आएका छन् । यो दुई वटा पार्टी एक ठाउँमा आउने कुरालाई केवल हामीले राजनीतिक अर्थमा बुझ्यौँ  अथवा कांग्रेस एमाले लगायतका पार्टीलाई केवल राजनीति अर्थमा बुझे । अरू साना दलहरूलाई खुम्च्याउने, ठुला दुई दलको सिन्डिकेट कायम गर्ने फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौँ भने संस्कृतिको सम्मान गरेको भन्ने बुझिदैन् । दुई ठुला दल एक ठाउँमा आउनुको कारण देश अप्ठेरोमा छ । हामी आफ्ना इगोहरुलाई, प्रतिस्पर्धालाई विराम गरेर देशको परिवर्तनको लागि एक भएका हो ।’ 

उनले संस्कार र संस्कृतिका विषयहरुलाई जारी संविधान र  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानभित्र  प्रतिबिम्त गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?