रास्वपाद्वारा पहिलो राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा गर्ने घोषणा

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ ।

आजबाट सम्पन्न भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले ०८२ वैशाख २५,२६ र २७ गते राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै आजबाट पार्टीको केन्द्रीय कमिटी राष्ट्रिय निर्वाचन आयोजक कमिटी भएको समेत घोषणा गरे ।

त्यसैगरी रास्वपाले जनताको कुरा सुन्न ‘मेची महाकाली अभियान’ गर्ने समेत घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?