स्थानीय तहको उपनिर्वाचनमा जुट्यो आयोग, असोज १० देखि १६ गतेसम्म दल दर्ता

लोकपथ
126
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आज आयोगले सूचना जारी गर्दै उपनिर्वाचनका लागि आगामी असोज ९ गते सूचना जारी गर्ने र असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोक्ने जनाएको छ ।

त्यस्तै सोही दिन दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयार गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

त्यस्तै कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?