सरकारलाई लिङ्देनको चुनौती– ‘म संविधानको विरोधी हुँ, पक्रेर देखाओस्’

लोकपथ
280
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्राउ गर्न चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीका केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले संविधान विरोधी पार्टीका शीर्ष नेताहरुलाई सरकारले पक्राउ गर्न खोजेको र त्यसमा आफ्नो समेत नाम रहेको भन्दै आफूलाई पक्राउ गर्न चुनौती दिए ।

‘भोलि संविधान दिवस छ, संविधान विरोधी पार्टीका नेताहरुलाई सरकारले नोटिसमा राखेको छ रे । त्यसमा राजेन्द्र लिङ्देन पनि छ म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन। त्यसको विरोध गर्छ। विपक्षमा छ । सके पक्रेर देखाओस् । हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौं । त्यसैले हामीले संयमिता अपनाइरहेका छौँ,’ उनले भने ।

त्यस्तै उनले आफूले सधैँ संघीयता, धर्म निरीपेक्षता गणतन्त्रसहित संविधानको विरोधमा रहने बताए ।

भोलि संविधान दिवसका अवसरमा राप्रपाले राति ८ बजे देशभर एक मिनेट बत्ति निभाएर विरोध जनाएको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?