कन्सर्ट हेर्न आउन सरकारले मोबाइलमा पठायो म्यासेज, प्रधानमन्त्री ओली पनि जाने

लोकपथ
84
Shares

काठमाडौं । संविधान दिवसका अवसरमा आज बिहीबार काठमाडौंको दरबारमार्गमा हुन गइरहेको ‘नेशनल डे कन्सर्ट’ मा आउन सरकारले मोबाइलमा म्यासेज पठाएर निमन्त्रणा दिएको छ ।

सरकारले ‘असोज ३ गते दिउँसो ४ बजे दरबारमार्ग जाऔं, नागरिक स्तरबाट आयोजित नेशनल डे कन्सर्टमा सहभागी बनौं’ भन्ने म्यासेज मोबाइलमार्फत पठाएर निमन्त्रणा दिएको हो । आज अपराह्न ५ बजेदेखि दरबारमार्गमा कन्सर्ट सुरू हुनेछ । कन्सर्ट सुरु हुनुअघि नै ४ बजेदेखि नै विभिन्न फुड स्टलहरू सञ्चालनमा आउने छन् । प्रधानमन्त्री केपी शर्मा ओली कन्सर्टमा सअभागी हुन बेलुकी साढे ६ बजे दरबारमार्ग जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कन्सर्टमा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिने भएको छ । यो ब्यान्डले विशेषगरी युवा लक्षित कार्यक्रम गर्न लागेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, कन्सर्टमा गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम रहेको छ । यस्तै, न्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तानलगायत कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिने भएको छ । कन्सर्ट बेलुकी ७ बजेसम्म चल्नेछ भने त्यसपछि अतिशबाजी गरिनेछ । कन्सर्टका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा आवागमन बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?