लुमिन ब्याट्रीको डिलर मिट २०२४ सम्पन्न, उत्कृष्ट डिलरलाई सम्मान

लोकपथ
42
Shares

काठमााडौं । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको वितरक एमट्रेड प्रालिले डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ ।

ब्राइटर विद लुमिनस नाम दिइएको उक्त कार्यक्रम यही भाद्र २७ गते सम्पन्न  गरिएको हो ।

उक्त कार्यक्रममा एमट्रेड प्रालिका सञ्चालन प्रमुख योगराज ढुगांना, प्रालिको नेपालभर रहेका डिलरहरु, प्रालिका प्रतिनिधिहरु र लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धलेलगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सञ्चालन प्रमुख ढुगांनाले च्यानल पार्टनरहरु तथा एमट्रेड प्रालि परिवारलाई धन्यवाद ज्ञापन गर्दै , ‘यस प्रकारको साथ र सहयोगले हामीलाई थप जिम्मेवार बनाएको छ साथै अझै परिस्किृत ढंगले अघि बढ्ने हौसला मिलेको छ ’भनेका थिए ।  

साथै कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्न सफल डिलरहरूलाई सम्मान तथा मायाको चिनो प्रदान पनि  गरिनुको साथै लक्की ड्र मार्फत एक जोडीलाई दुबई टुर प्याकेज पनि प्रदान गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?