८ सयले घट्यो सुनको मूल्य

लोकपथ
266
Shares

काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला  एक लाख ५६ हजार ४ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आज  एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै, चाँदीको मूल्य तोलामा  १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला  एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज  एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?