प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान

लोकपथ
161
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत र दुई जना प्रस्तावित राजदूतमाथि सार्वजनिक उजुरी आह्वान गरेको छ ।

समितिको आज बिहीबार बसेको बैठकले सो आह्वान गरेको हो । सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका उपसचिव सिर्जना बरालका अनुसार, बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकोमा प्रस्ताव समितिबाट पारित भएको थियो । लगत्तै सभापति न्यौपानेले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?