काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको बताएका छन् ।
बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरूलाई एकीकृत गरेर ५ सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘बलियो र स्वच्छ सुदृढ संघीय सरकार होस्, स्थानीय पालिकाहरूलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाउँ, अहिले धेरै पालिकाहरू मर्ज भएकाले शिक्षाको दृष्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । हामीले मर्मअनुसार काम गर्न सकिरहेका छैनौँ । ’
साथै उनले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए । उनले मुलुक संघीयताको अभ्यासमा गएको भए पनि अझै पनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्यौलता सिर्जना भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया