नेशनल डे कन्सर्ट : कहाँ गर्ने पार्किङ ?

लोकपथ
42
Shares

काठमाडौं । संविधान दिवसको अवसरमा दरबारमार्गमा हुन लागेको ‘नेशनल डे कन्सर्ट’ का लागि तयारी तीव्र पारिएको छ ।

आज अपरान्ह ४ बजे हुने कन्सर्टका लागि बुधबार बिहानैदेखि नारायणहिटी संग्राहलय अघि भएर चल्ने सवारीमा पूर्ण रोक लगाइएको हो ।

त्यस्तै विशेष सांगीतिक प्रस्तुती हुने उक्त कन्सर्टका लागि धेरै मानिसहरुको उपस्थिती हुने अपेक्षा गरिएको छ । हुनसक्ने भीडभाड र सवारी व्यवस्थापनका लागि प्रहरीले पार्किङ र सवारी डाइभर्टको व्यवस्था गरेको छ ।

जसअनुसार ललितपुर, भक्तपुर, कलंकी र कीर्तिपुर एरियाबाट आउने सवारी साधनलाई टुँडिखेलमा व्यवस्थापन गरिएको छ ।

त्यस्तै कलंकी र कीर्तिपुर एरियाबाट आउने व्यक्तिहरुलाई धरहराको पार्किङस्थलमा व्यवस्था गरिएको जनाइएको छ । ट्राफिक प्रहरीका अनुसार बौद्ध, गौशाला एरियाबाट आउने सवारी साधनहरुलाई सानो गौचरण फुटबल ग्राउन्डमा व्यवस्थापन गरिएको हो ।

उक्त कार्यक्रम अवधिभर केशरमहल, जयनेपाल र तिनधारा पाठशालाबाट कार्यक्रमस्थलतर्फ जाने सवारी साधनहरुलाई पूर्ण डाइभर्सन गरिनेछ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सरकारले वृहत् कन्सर्ट गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?